Events

निःशुल्क ७ दिने शिप मुलक तालिम कार्यक्रम सुचारु

2026-02-12

Banepa

यस चण्डेश्वरी साकोसको बार्षिक कार्ययोजना अनूरुप नाला सेवाकेन्द्र व्यवस्थापन उप समिति संयोजक श्री रुकमणी देवी राजभण्डारीज्युको संयोजकत्वमा संस्थाका सदस्यहरुलाई शिप बिकास गरी स्वरोजगार बनाउने उदेश्य स्वरुप आज मिति २०८२ माघ २९ गते उद्योग तथा बाणिज्य कार्यालय धुलिखेल र यस संस्थाको संयुक्त आयोजना तथा बनेपा नगरपालिका वडा नं. ४ कार्यालयको समन्वयमा निःशुल्क ७ दिने साबुन, सरफ, फिनेल तथा हार्पिक बनाउने तालिम कार्यक्रमको उदघाट्न सम्पन्न भएको छ । बनेपा नगरिपालीका वडा नं. ४ कार्यालयका वडाअध्यक्ष श्री श्याम शुन्दर श्रेष्ठज्यूको प्रमुख आतिथ्यता, संस्थाका अध्यक्ष श्री नबिन भक्त बादेज्यूको बिषेश आतिथ्यता र उद्योग बाणिज्य कार्यालयका कार्यालय प्रमुख श्री रबिन घिमिरेज्यूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका सचिव श्री बुद्धरत्न मानन्धरज्यूले स्वागत मन्तव्य राख्नु भएको थियो । तालिममा १६ जना सदस्यहरुको सहभागीता रहेको छ । भने तालिम आगामी ७ दिन सम्म चल्नेछ ।